काठमाडौँ, ११ फागुन । सिराहामा रोकी राखेको टिपरमा पिकअप भ्यान ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान मिर्चैया नगरपालिका–७ स्थित सडकमा रोकी राखेको प्र.२–०१–००१ ख ००३६ नम्बरको टिपरमा प्र.३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु…