काठमाडौँ, २१ जेठ । नवलपरासी पूर्वमा हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार नरेनापुर गाउँपालिका-४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो । रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका-१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो ।…