चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर, ७ चैत । चट्याङले लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।  चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए ।  प्राथमिक उपचारपश्चात् थप…