काठमाडौँ, २१ साउन । देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा…