काठमाडौँ, १९ जेठ । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ९ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो…