काठमाडौँ, १३ जेठ । भन्सार छली अवैध रूपमा सङ्कलन गरेर लैजान लागेको करिब ७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको ३ थान बेरुवा औँठीसहित एक जना महिला पक्राउ परेकी छन् । चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई…