आगलागी हुँदा २५ लाख बढीको क्षति

काठमाडौँ, २२ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको छ । हिजो अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका छन् । घरसँगै गरगहना, अन्न, लुगाकपडा,…