काठमाडौँ, २२ मंसिर । तामाङ पत्रकार सङ्घको २० औं स्थापना दिवसको अवसरमा गोरखापत्रकर्मी शिवा तामाङलाई पत्रकार दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तामाङ पत्रकार सङ्घद्वारा विहिवार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार/चलचित्र निर्देशक दीपेन्द्र दोङ तामाङको स्मृतिमा स्थापना गरिएको “दीपेन्द्र तामाङ स्मृति पत्रकारिता” पुरस्कार प्रदान गरिएको छ । नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले…