काठमाडौँ, १३ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार तीव्र हावा चलिरहेको बेला हिजो दिउँसो करीब २ बजे आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो । आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् ।…