गलकोट, ३० कार्तिक । बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराखेका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो । कला, संस्कृतिसँग विशेषगरी भजन संरक्षणमा युवापुस्ताको चासो नदेखिएपछि क्षेत्रीको फुर्सदको समय भजन गाउँदैमा बित्न थाल्यो । उनले विभिन्न मठमन्दिर, चौरासी पूजा, व्रतबन्ध र कहिलेकाहीँ कालिका मन्दिरमा गएर भजन गाउन थाले । अहिले तिनै क्षेत्रीकै अगुवाइमा जिल्लामा राष्ट्रिय…