काभ्रेपलाञ्चोक, १३ कार्तिक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित ६ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा.अनिता खनालले जानकारी दिइन् । उनका अनुसार…