ताप्लेजुङमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मङ्गलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।  दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ…