पर्सा, २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले बाबुको पहिचान नखुलेका सन्तानको हकमा आमाको नामबाट नागरिकताका वितरणको लागि प्रक्रिया सुरु गरेको छ । कार्यालयले बाबुको पहिचान नखुलेका सन्तानहरूलाई नागरिकता प्रदान गर्न असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको छ, जसमा हालसम्म ४० जनाले निवेदन दिएका छन् । आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता,…