झापामा दादुरा-रुबेलाको खोप लगाइँदै

झापा, १६ फागुन । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।  स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त…