जनकपुरधाम, १५ फागुन । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ । धनुषाका प्रहरीका अनुसार जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई अपहरण मुक्त गरेको हो । गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए ।…