काठमाडौँ, ६ फागुन । सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।…