कीर्तिमानी शतकमा माल्दिभ्सलाई हराउँदै नेपाल समूह विजेता

काठमाण्डौ,१ फागुन । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ। मंगलबार मलेसियामा भएको एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो। नेपाली महिला क्रिकेटको इतिहासमै यो अहिलेसम्मको फराकिलो जित हो। कीर्तिमानी जित दिलाउन रूबिना क्षेत्रीको शतक र पुजा महतोको अर्धशतकमा नेपालले…