ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २ असोज । जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए । खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ पक्राउ परेका हुन्…