राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु

काठमाडौँ, १ असोज । नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो ।  पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ ।  नेपाल सरकार मातहतको सो पुस्तकालयले विसं…