काठमाडौँ, ३० पौष । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ । राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी १७…