नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने

काठमाडौँ, २ भदौ । राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ । सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।…