काठमाडौँ, २३ पौष । बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।