६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ

काठमाडौँ, २४ असार । जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जना मानिस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।  मंगलबार बेलुकी काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले उनीहरूलाई समातेको हो । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी…