मनाङमा भुइँ बारुला खाँदा छ जना बिरामी

मनाङ, १८ साउन । मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्। बिरामी पर्नेमा गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।…