काठमाडौँ, १२ साउन । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौँबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२…