टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ, ७ पौष । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् ।  डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो । टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता…