टिपर दुर्घटनामा परि एक जनाको मृत्यु

पाल्पा, ६ पौष । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।  प्रहरीका अनुसार गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा  रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालकाे मृत्यु भएकाे हाे ।  दुर्घटनामा दाङकाे घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती  घाइते भएका छन ।…