काठमाडौँ, १० कार्तिक । नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र…