काठमाडौँ, १३ चैत । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको प्रतीक सेतो मच्छिन्द्रनाथको रथ असन आइपुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजाअर्चना गरेका छन् । चैत्र शुक्ल अष्टमीको अवसरमा जमलको तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा नगरको भित्री भाग असन आइपुग्दा राष्ट्रपति पौडेलले बिहीबार राति परम्परागत विधिअनुसार रथको दर्शन र पूजा गरेका हुन्। काठमाडौँको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथलाई…