करका दर हेरफेरप्रति कांग्रेस नेता केसीको कडा आपत्ति

काठमाडौँ, २४ जेठ । सरकारले संसदबाट पास भइसकेको आर्थिक विधेयकमा आफूखुसी संशोधन गरी गरेकोप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन् । आर्थिक विधेयक टेबल भइसकेपछि अर्थमन्त्रीले ‘त्रुटि सुधार’को नाममा पत्र पठाएर करका दर परिवर्तन गर्नु विधायिकालाई छलेर कार्यपालिकाले जति पनि मनलाग्दी गर्नसक्छ भन्ने खतरनाक नजिर भएको उनको टिप्पणी छ । उनले सामाजिक सञ्जाल…