एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दैछ : मन्त्री साउद

काठमाडौँ, ३० असोज । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए । उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख…