राप्रपाको प्रदर्शन शान्ति सुरक्षाका लागि खुला चुनौती : जनमोर्चा

काठमाडौँ, २७ चैत । राप्रपाले काठमाडौंमा केन्द्रित भएर गर्न लागेको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् । ‘२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुमाथि…