झापा, २५ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओलीको गृहजिल्ला झापामा पुगेर एमाले सिंह जस्तै पार्टी रहेको उद्घोष गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको साथै व्यवस्थाको विरुद्धमा लागेका पहिचानवादी तथा केही अराजकतावादीहरुलाई उहाँले स्याल संज्ञा दिनुभएको छ । राष्ट्रिय युवा संघ अर्जुनधारा नगरकमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै…