काठमाडौँ, २१ असोज । नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा शुक्रबार लण्डनस्थित नेपाली राजदूतावास र परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयद्वारा संयुक्त रुपमा इडनबरामा रहेको शाही वनस्पति उद्यानमा जलवायु परिवर्तन त्यसका असरमा केन्द्रित रहेर एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको नेपाल–बेलायत मैत्रीसन्धिका विविध पक्षबारे चर्चा गर्दै…