काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आगामी आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक डाकेका हुन् । बिहीबार बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख,…