राष्ट्रपतिद्वारा पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति समवेदना प्रकट

काठमाडौँ, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । शोकको यस घडीमा उनले  शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्…