अर्थमन्त्री पुन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष नेतृत्वको टोलीबिच भेटघाट

काठमाडौँ, ३ चैत । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन ‘डेभपलमेण्ट बैंकर्स एसोसिएसन’ नेपालले अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरेको छ । अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको टोलीले देशको समग्र अर्थतन्त्रमा विकास बैँकहरुले पुर्‍याएको योगदानको बारेमा जानकारी गराएको बताइएको छ । भेटघाटका क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरुले पुर्‍याएको योगदानको प्रशंसा…