काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला नेपाल र चीनबीच १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार बिहीबारसम्म उक्त संख्यामा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने टुङ्गो लागेको हो । “अहिलेसम्म १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीज्यूलाई गराएको…