नेकपा एसमा नेताहरूकाे कार्यविभाजनमा हेरफेर

काठमाडौँ, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नुहुने छ । महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष…