अब थप ८ देशमा दूतावास

काठमाडौँ, २८ भदौ । वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको नेपाली समुदायलाई कन्सुलर सेवा प्रदान गर्न पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो । यी दूतावासमा परराष्ट्र सेवाको उपसचिव,…