काठमाडौँ, २७ भदौ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो । संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन् । दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ । ससंद्ले सिधै पास गरेर…