काठमाडौँ, २७ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्। भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को दशौं प्रतिनिधि परिषदको उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा…