काठमाडौँ, २७ साउन । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ । न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए…