एमाले महाधिवेशनको सफलताले लोकतन्त्र बलियो बनाउने छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ‘७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्ति’ भन्दै आगामी महाधिवेशनमा व्यापक उपस्थितिका…