न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताइन् । “न्यू…