सुन तस्करी प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

काठमाडौँ, १० साउन । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको सांसद रघुजी पन्तले जानकारी दिए । उनले भरियालाई मात्र पक्राउ गरेर नहुने भन्दै सुन ल्याउने मुख्य मान्छेलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा रहेको बताए । “सुन तस्करीमा…