कोसी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौँ, ९ साउन । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुंगो लगाउने भएको छ । कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । गएको…