काठमाडौँ, ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रगतिको पक्षमा नहुने, अग्रगमनको पक्षमा नहुने, परिवर्तनको पक्षमा नहुनेहरू नै यस मोर्चाबाट तर्सिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब…