काठमाडौँ, २५ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्। शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ। इजलासमा बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस सुरु…