नागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान: एमाले

काठमाडौँ, २० जेठ । नेकपा एमालेले पुरानै संसदले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसदको अपमान भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले संघीय संसदको निर्णय र संसद्का सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानुन बन्ने व्यवस्था रहेकाले पुरानो संसदले सिफारिस गरेको विधेयक प्रमाणीकरण गर्नुले वर्तमान संसद्को अपमान गरेको जनाएको हो। एमालेका उपमहासचिव प्रदीप…